२८ आश्विन २०८३, बुधबार

दाङमा सुरू भयो प्रथम बाल चलचित्र महोत्सव

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, १ असार । दाङमा आज शुक्रबारदेखि प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव सुरू भएको छ ।

चलचित्र विकास बोर्डको आयोजनामा दाङको घोराहीमा सुरू भएको महोत्सवको उट्घाटन सञ्चार तथा सूचना मन्त्री रेखा शर्माले गरिन् ।

बालबालिका तथा किशोरकिशोरीहरूलाई आफ्नो कथा भन्ने र हेर्ने वातावरण तयार गर्ने, उनीहरू माझ चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अघि बढाउने तथा हरेक बालबालिकाको मनोरञ्जनको अधिकारको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको महोत्सव तीनदिनसम्म चल्नेछ ।

मन्त्री शर्माले चलचित्र क्षेत्र देशको कला संस्कृति झल्काउँने महत्वपूर्ण क्षेत्र भएको बताउँदै यसमा बालबालिकालाई पनि सहभागी गराउनुपर्ने बताइन् । उनले यस्ता महोत्सवहरूले बालबालिका सम्न्धी चलचित्र साक्षरता, चलचित्रसम्बन्धी ज्ञान र चेतनाको बिकास गर्न भूमिका खेल्ने बताइन् । उनले विदेशहरूमा बालचलचित्रहरू महोत्सवहरू हुने भन्दै नेपालमा पनि यसको सुरू गर्ने पर्ने भनाइ राखिन् ।

‘नेपालबाट पनि बालबालिकाले बनाएका वा उनीहरूका बारेमा बनेका चलचित्रहरू बन्नु पर्छ, देखाइनुपर्छ ।’ उनले भनिन्, ‘अब अन्तर्राष्ट्रय महोत्सवमा हाम्रा चलचित्र पुर्याउने गरी अब तयारी थालिनु पर्छ ।’

बालबालिका तथा किशोरकिशोरीहरूलाई आफ्नो कथा भन्ने र हेर्ने वातावरण तयार गर्ने, उनीहरू माझ चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अघि बढाउने तथा हरेक बालबालिकाको मनोरञ्जनको अधिकारको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको महोत्सव तीनदिन चल्नेछ ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको अध्यक्षतामा भएको उद्घाटनमा स्थानीय कला सस्कृति झल्काउने सास्कृतिक प्रस्तुति देखाइएको थियो ।

कलाकारसँग रमाए बालबालिका

महोत्सवको पहिलो दिनको महोत्सवका बालबालिकाहरू कलाकारसँग झुमेका थिए । कार्यक्रममा संगीतकार चेतन सापकोटा, वरिष्ठ गायिका सत्यकला राई, बाल कलाकारसँग अनुभव रेग्मीले प्रस्तुती राखेका थिए । बालबालिकाहरूको उल्लेखनीय सहभागी रहेको कार्यक्रममा कालकारसँग बालबालिका झुमेका थिए ।

संगितकार चेतन सापकोटाले ‘मागेर पाउँने भए म’ लगायतका चर्चित गीत प्रस्तुती गरेका थिए भने वरिष्ठ गायिका सत्यकला राइले ‘तिमी मसँग नबोले अरे’ गीत प्रस्तुत गरेकी थिइन् । त्यस्तै बाल कालकार अनुभव रेग्मीले ‘यी आँखामा तिमी छौं’ गीतमा प्रस्तुत गरेका थिए । उनीहरूसँगै बालबालिका नाचेका थिए ।

दोस्रो दिन बालबालिकासँग भुवनसँग

महोत्सवको दोस्रो दिन शनिवार बाल चलचित्रहरू प्रर्दशनी गरिनेछन् । जहाँ बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म बालबालिका सम्बन्धी बनेका चलचित्रहरू प्रर्दशनी हुनेछन् । जसमा बालबालिकालाई सहभागी गराइनेछ ।

त्यस्तै दोस्रो दिनको बिहान ११ बजेदेखि बालबालिकासँग नायक भुवन केसीले सँग अन्तरक्रिया गर्नेछन् । बालबालिकासँग भुवन केसी नाम उक्त अन्तरक्रियामा नायक केसीले आफ्नो सिने यात्रा र नेपाली चलचित्रबारे अन्तक्र्रिया गर्नेछन् । उनले कालकारिता क्षेत्रको आफ्नो अनुभव बालबालिकासँग साट्नेछन् ।

त्यस्तै बोर्डका अध्यक्ष समेत रहेका नायक केसीले बालबालिकासँग चलचित्र क्षेत्र प्रति उनीहरूको बुझाई, सिकाईकाबारे पनि संवाद गर्ने महोत्सवका संयोजक एव बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताए ।

महोत्सवमा बालबालिका र चलचित्रसम्बन्धी पुस्तक तथा फोटो प्रदर्शनी समेत राखिएका छन् । बोर्डले बालबालिका तथा किशोरकिशोरीहरूलाई आफ्नो कथा भन्ने र हेर्ने वातावरण तयार गर्ने, उनीहरू माझ चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अघि बढाउने तथा हरेक बालबालिकाको मनोरञ्जनको अधिकारको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रथम बाल चलचित्र महोत्सव आयोजना गरेको हो ।