२८ आश्विन २०८३, बुधबार

बालकृष्ण खाँण र टोपबहादुर रायमाझी पुर्पक्षका लागि थुनामा, दुई जना छुटे

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असार । नक्कली भूटानी शरणार्थी मुद्दामा काठमाडौं जिल्ला अदालतले पूर्वमन्त्री बालकृष्ण खाँण र टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले थुनछेक बहसपछि शुक्रबार मुद्दाको अन्तिम किनारा नलागेसम्म अभियुक्तहरूलाई थुनामा राख्ने आदेश दिएको हो ।

पूर्वमन्त्रीद्वय खाँण र रायमाझीसहित टेकनारायण पाण्डे, टेकनाथ रिजाल, केशव दुलाल, इन्द्रजित राई, सानु भण्डारी रहेका छन् ।

त्यसैगरी आङटावा शेर्पा, सन्दीप रायमाझी, शमशेर मियाँ, सन्देश शर्मा, सागर राई, रामशरण केसी, हरिभक्त महर्जन, नरेन्द्र केसी र गोविन्द चौधरी पनि कारागार चलान भएका छन् ।

उनीहरूमाथि ठगी, संगठित अपराध, लिखत कीर्ते, राष्ट्रहित प्रतिकूलको कसूर र एकीकृत कसूरमा मुद्दा लगाइएको हो ।

यो मुद्दामा दुई जनालाई धरौटीमा रिहा गर्न आदेश दिइएको छ । जस अनुसार टंक गुरुङलाई १० लाख र लक्ष्मी महर्जनलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश अदालतको छ ।

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ र फरार १२ गरी ३० जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ठगी, संगठित अपराध, किर्ते र राज्यविरुद्धको अपराध कसुरमा कैद‚ बिगो र जरिवाना मागदाबीसहित जेठ १० मा मुद्दा दायर गरेको थियो ।