
काठमाठौं, १ असार । काठमाडौं उपत्यकाबाट विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक जीप तथा माइक्रोबस नयाँ बसपार्कबाट सञ्चालन गरिएपछि चक्रपथ क्षेत्रमा अव्यवस्थितरुपमा रहेका टिकट काउन्टर काठमाडौं महानगरले हटाएको छ ।
काठमाडौं महानगरको नगर प्रहरीले कोटेश्वर, गौशाला, चाबहिल, बल्खु लगाएका स्थानमा पुगेर अव्यवस्थितरुपमा रहेका टिकट काउन्टर हटाएको हो । सो क्रममा महानगर प्रहरीले टिकट बिक्रीका लागि राखिएका बोर्ड व्यानगर हटाएर जफत गरेको छ ।
महानगरपालिकाले उपत्यकाको सार्वजनिक गाडीलाई व्यवस्थित बनाउनका सूचना जारी गरी असार १ गते (आज) देखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका गाडी सञ्चालन गर्ने निर्णय गरेको थियो ।
त्यही निर्णयको कार्यान्वयन गर्दै शुक्रबारदेखि जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका हुन् । उपत्यका बाहिरिने साना सार्वजनिक सवारीसाधनलाई नयाँ बसपार्क पछाडि पार्किङ र टिकट काउन्टरको व्यवस्था गरिएको महानगरले जनाएको छ ।













प्रतिक्रिया