
काठमाडौं, १ असार । नेकपा एमालेका सांसद बसन्त नेम्वाङले सरकारले बहुवर्षीय योजनाहरूलाई बजेट व्यवस्थापन नगरेर बेवास्ता गरेको बताएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उद्योग, भूमि व्यवस्था र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उनले बहुवर्षीय योजनाका रुपमा ठेक्का लागेका सडक आयोजनाहरुलाई सरकारले बेवास्ता गरेको बताएका हुन् ।
पुरानोलाई बेवास्ता गरेर नयाँ–नयाँ आयोजना सिर्जना गर्दा बिगतमा सुरु गरेका आयोजनाहरुलाई भुक्तानी दिन समस्या हुने उनको भनाइ छ । यसबाट योजनाहरू समयमै सम्पन्न हुन नसक्ने उनले बताएका छन् ।













प्रतिक्रिया