२८ आश्विन २०८३, बुधबार

भ्रमणका क्रममा भारतसँगको व्यापार घाटाका विषयमा किन छलफल गरिएन ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असार । सांसद दामोदर भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो भारत भ्रमणका क्रममा भारतसंगको व्यापार घाटाका विषयमा छलफल नभएकामा चिन्ता व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि सामूहिकृत रुपमा भएको छलफलमा खर्च कटौतीको प्रस्ताव पेस गर्दै उनले नेपालले व्यापार असन्तुलनको सामना गरिरहेको अवस्थामा उत्पादित वस्तु र सेवा गुम्दै गएको बताए ।

‘नेपालमा आज व्यापार घाटा चुलिएको छ, गत वर्ष मात्रै १९ खर्बको आयात र दुई खर्बको निर्यात भएको छ र १७ अर्ब व्यापार घाटा रहेको थियो, यस वर्षको वैशाख महिनासम्मको तथ्याङ्क हेर्दा यो वर्ष पनि झन्डै १२ खर्ब चार अर्ब बराबरको आयातित भएको छ, १ खर्ब ३१ अर्ब बराबरको निर्यात भएको छ,’ उनले भने ।

सञ्चालनमा रहेका उद्योगहरुसमेत बन्द गर्नुपर्ने अवस्था आएको जनाउँदै बैंकको ब्याज वृद्धि भएर सञ्चालित उद्योग बन्द गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो । ‘खानी विभाग आज जनशक्तिविहीन अवस्थामा छ, जनशक्ति छैन, भएका खानीहरुमा अध्ययन गर्ने थुप्रै सम्भावना छन, फलाम खानी, तामा खानी, अरू थुप्रै खानीजन्य वस्तुहरु आज उत्खननको पर्खाइमा छन्,’ सांसद भण्डारीले भने ।

त्यसैगरी, खर्च कटौतीका अर्का प्रस्तावक बलराम अधिकारीले विनियोजित बजेट २०८० अन्तर्गत भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारणअन्तर्गत आएको बजेटमा अहिलेको अवस्था, आवश्यकता र मागलाई सम्बोधन हुने गरी ल्याउन नसकेको र एकले गरेकामा अर्काले निषेध गर्ने तरिकाले गोलमोटोल तरिकाले आएको बताए ।

‘सरकारले जग्गा किनबेचमा रोक लगाएको छ, त्यो रोक लगाउने कारण र उद्देश्य नबताईकन अहिले पनि तर विचौलीहरु मिलेर कर्मचारीसँग मिलेर जग्गा पास गरिएको छ, के सरकारले यो किसिमको अनयमितता रोक्नसक्छ, दोषीलाई कारबाही गर्न सक्छ,’ उनले भने ।