
काठमाडौं, ३२ जेठ । नबिल बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र ‘नबिल डिबेन्चर २०८७’ निष्कासन गर्ने भएको छ ।
डिबेन्चर निष्कासनका लागि बैंक सञ्चालक समितिबाट निर्णय भइसकेको र नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको बैंकले जनाएको छ ।
त्यस्तै बैंकले ऋण पत्र निष्कासनका लागि बिक्री प्रबन्धक समेत नियुक्ति गरेको छ । डिवेन्चर बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको बैंकले जानकारी दिएको छ ।

नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रारको कार्यालयलगायत सम्पूर्ण नियामक निकायको स्वीकृतिपश्चात् ऋणपत्र निष्कासन गरिने बैंकले जनाएको छ । पुँजीगत आधार थप सबल भई व्यापार वृद्धि तथा जोखिम व्यवस्थापनमा डिवेन्चर निष्कासनले सहयोग पुर्याउने विश्वास बैंकको छ ।
नबिल बैंकले हाल देशका सात वटै प्रदेशमा रहेका २५५ शाखा कार्यालयहरू र १८ विस्तारित शाखा कार्यालयहरू मार्फत सेवा उपलब्ध गराउँदै आएको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।













प्रतिक्रिया