
काठमाडौं, ३२ जेठ । नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतम विभागका पूर्वप्रमुख प्रदीप नेपालको घरमा पुगेका छन् ।
पछिल्लो केही समययता अस्वस्थ भइ घरमै आराम गरेर बसिरहेका पार्टी नेता नेपाललाई भेट्न आज उनी गोठाटारस्थित नेता नेपालको निवासमा पुगेका हुन् ।
भेटमा उनले नेता नेपालको स्वास्थ्य लाभको कामना गरेका छन् ।
नेपाली राजनीति र प्रगतिशील साहित्यमा एकसाथ सशक्त उपस्थिति जमाउन सफल नेता नेपाल केही समययता अस्वस्थ बन्दा राजनीतिमा निष्क्रियप्राय: छन् ।
नेता नेपाल २०५८ सालमा पार्टीको प्रचार विभाग प्रमुख बन्दा हालै विभाग प्रमुख नियुक्त भएका गौतम विभागको सचिव थिए ।













प्रतिक्रिया