
काठमाडौं, ३२ जेठ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले धरानका मेयर अर्क सामपाङले मुलुकमा हराउँदै गएको स्वयम्सेवी संस्कृति प्रवर्द्धन गरेको बताएका छन् ।
आज बिहीबार सामाजिक सञ्जालमार्फत हर्क सामपाङ र उनले गरेको महत्वपूर्ण कामप्रति टिप्पणी गर्दै उनले पुँजीवादका कारण हराउँदै गएको आत्मनिर्भर संस्कृति प्रवर्द्धन गरेको बताएका हुन् ।
‘धरानका मेयर हर्क साम्पाङले स्वयंसेवामार्फत खानेपानी योजना पूरा गरेको र देशमा लोप हुँदै गएको स्वयंसेवी संस्कृति प्रवर्द्धन गरेकोमा बधाई/धन्यवाद !’ डा भट्टराईले ट्विट गर्दै लेखेका छन्, ‘हाम्रो समाजमा लामो समयदेखि स्वयंसेवामार्फत स्थानीय पूर्वाधारहरू निर्माण र व्यवस्थापन हुने गरेको परम्परा छ ! तर पछिल्लो चरणमा देश किनारा पुँजीवादको जालोमा फसेर परनिर्भर हुर्कदै गएपछि त्यो आत्मनिर्भर संस्कृति हराउँदै गएको छ ।’
परनिर्भरताअन्तर्गतको ‘डोजरे विकास’को भाइरसले पाखापखेरा र वनजंगल मनपरी मासेर पर्यावरणीय विनाश निम्त्याइरहेको, रोजगारी खोसेको, प्रतिव्यक्ति ऋणको मात्रा सबैको थाप्लोमा थपिएको डा. भट्टराईको टिप्पणी छ ।
धरानका मेयर हर्क साम्पांगले स्वयंसेवा मार्फत खानेपानी योजना पूरा गरेको र देशमा लोप हुॅदै गएको स्वयंसेवी संस्कृति प्रबर्धन गरेकोमा वधाइ/धन्यवाद!
हाम्रो समाजमा लामो समयदेखि स्वयंसेवा मार्फत स्थानीय पूर्वाधारहरू निर्माण र व्यवस्थापन हुने गरेको परम्परा छ!तर पछिल्लो चरणमा देश किनारा… pic.twitter.com/6zjkhgeHPA— Baburam Bhattarai (@brb1954) June 15, 2023













प्रतिक्रिया