
भक्तपुर, ३२ जेठ । श्रमजीवी पत्रकारहरुको छाता सङ्गठन प्रेस चौतारी नेपाल, जिल्ला शाखा भक्तपुरले पत्रकार महासंघले जारी गरेको १५ बुँदे शुद्धीकरण मापदण्ड पूर्ण रुपले पालना गर्न आग्रह गरेको छ ।
आज बिहीबार केन्द्रीय उपाध्यक्ष गणेश पाण्डेको प्रमुख आतिथ्यतामा बसेको बैठकले शुद्धीकरण मापदण्ड पूर्ण रुपले पालना गर्न ध्यानाकर्षण गरेको जिल्ला अध्यक्ष हेमराज ढकालले जानकारी दिए ।
बैठकमा उपस्थित उपत्यका इञ्चार्ज हेमराज सिलवाल, भक्तपुर इञ्चार्ज रमेश गिरी, अनुशासन आयोगका सदस्य रामचन्द्र प्रजापतिलगायतले शुद्धीकरण मापदण्ड पालना गर्ने र गराउन प्रतिवद्ध रहने निर्णय गरेको अध्यष ढकालले बताए ।
साथै, आज नै सचिव आशिष पौडेलद्वारा पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरलाई १५ बुँदे शुद्धीकरण मापदण्ड पालना गर्न ध्यानाकर्षण समेत गराइएको छ ।














प्रतिक्रिया