३ कार्तिक २०८३, मंगलबार

भ्रष्टाचारीहरूसँग कुनै प्रकारको सम्झौता हुँदैन, झुकिँदैन: प्रधानमन्त्री प्रचण्ड

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ जेठ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर रूपमा प्रस्तुत भएकाले कुनै पनि प्रकारको सम्झौता नगरिने स्पष्ट पारेका छन् ।

बुधबार बिहान पूर्व शिक्षामन्त्री एवं माओवादी केन्द्रका दिवङ्गत नेता डिआर पौडेलको चौथों स्मृति दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्मृति कार्यक्रममा बोल्दै प्रधानमन्त्री ुप्रचण्डुले भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर रूपमा प्रस्तुत हुने बताएका हुन् ।

‘सरकार सुशासनका निम्ति दृढतापूर्वक अगाडि बढिरहेको छ। कतिपयले आशंका गरेको देख्छु( सरकार कतै झुक्छ कि सम्झौता गर्छ कि भन्ने। तर, प्रष्ट रूपमा भन्छु-सरकार मेरा लागि ठूलो कुरा होइन। ठूलो कुरा सुशासन हो, जनताको सेवा गर्नु हो। भ्रष्टाचार निर्मूल पार्न सरकार दृढतापूर्वक अगाडि बढ्छ, कहिँ सम्झौता हुँदैन, झुकिँदैन,’ प्रधानमन्त्रीले भने ।

पूर्वमन्त्री पौडेलको स्मरण गर्दै प्रचण्डले पौडेललाई जनताको बीचमा स्थापित गराउन आफूले शिक्षामन्त्रीको जिम्मेवारी दिएको बताए । उनले आफूले दिएको जिम्मेवारीमा राम्रो गरेको प्रचण्डको भनाई थियो ।

‘नयाँ परिस्थितिमा कम्युनिस्ट आन्दोलन अगाडि बढाउनेमा आफूहरू रहेको उनले बताए । हामी समाजवादी मोर्चा बनाउँदैछौँ। समाजवादको मौलिक बाटो खोजिरहेका छौँ । आन्दोलनका उपलब्धिहरूमाथि प्रहार भइरहेको छ। लोकतान्त्रिक भनिएका शक्तिहरू अलोकतान्त्रिक र निकृष्ट व्यवहारमा उत्रिएका छन्। यसका विरूद्ध संघर्ष गर्दै आन्दोलनका उपलब्धिहरूको रक्षा गर्ने जिम्मेवारी हाम्रो काँधमा छ। कम्युनिस्टहरू मात्रै इमानदार र सक्षम हुन्छन् भन्ने पुष्टि गर्नुछ, तसर्थ सरकारको मोर्चालाई सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा अधिकतम सदुपयोग गर्नुपर्छ,’ प्रचण्डले भने ।

कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू पम्फा भुसाल, अग्निप्रसाद सापकोटा, महासचिव देव गुरूङ, उपमहासचिवहरू हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल लगायतका नेताहरू सहभागी दिए ।