२८ आश्विन २०८३, बुधबार

नबिल बैंक र एशियन पेन्ट्सबीच च्यानल फाइनान्सिङको सम्झौता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । नबिल बैंक लिमिटेड र एशियन पेन्ट्स नेपालबीच च्यानल फाइनान्सिङ सुविधाका लागि सहकार्य गर्ने सम्झौता भएको छ ।

च्यानल फाइनान्सिङ सहकार्य सम्बन्धमा सोमबार दुई पक्षीय समझदारी भएको हो ।

समझदारीपत्रमा नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एशियन पेन्ट्सका तर्फबाट कन्ट्री डाइरेक्टर गोपालकृष्णले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा नबिलका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, नायव प्रमुख कार्यकारी अधिकृत बिनय रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र एसएमई, लघुवित्त तथा दीगो बैंकिङका प्रमुख निरज बस्नेत डनिल, एशियन पेन्ट्सका प्रमुख बित्त अधिकृत समीर श्रेष्ठका साथै एसियन पेन्टस्का अन्य कार्यकारीहरूको पनि उपस्थिति थियो ।

सम्झौताअन्तर्गत एशियन पेन्टस नेपालसँग आबद्ध व्यवसायीहरूले च्यानल फाइनान्सिङको रूपमा थप व्यवसाय विस्तार गर्न चालू पुँजीमा लगानी गर्ने उद्देश्यका लागि आकर्षक ब्याजदर र न्यून धितो अनुपातमा नबिल बैंकका देशैभरी फैलिएका शाखा सञ्जालहरूबाट च्यानल फाइनान्सिङ कर्जा उपभोग गर्न पाउने छन् ।

च्यानल फाइनान्सिङका प्रमुख आकर्षणअन्तर्गत आफ्ना वितरकहरूलाई सामान बिक्री गरेको बिल बराबरको पूरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुने बताइएको छ । बैंकले सम्बन्धित व्यवसायीहरूको लागि व्यवसाय विस्तार गर्न अन्य सेवा तथा एसएमई कर्जाहरू समेत सहुलियत दरमा उपलब्ध हुने बताइएको छ ।

च्यानल फाइनान्सिङका सन्दर्भमा एशियन पेन्ट्स् नेपालसँग सहकार्यका बारेमा जानकारी दिदै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंङ्गानाले बैंकसँग आबद्ध हुने एशियन पेन्ट्सका वितरकहरूले बैंकबाट विशिष्टीकृत सेवा पाउने विश्वास दिलाए । उनले व्यवसाय बिस्तारको लागि आवश्यक पुँजी बैंकमार्फत पाउने बताए ।

यो सुविधाले नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन अनुरुप नै सम्पूर्ण खरिद बिक्रीको भुक्तानी प्रक्रिया बैंक खाता मार्फत मात्रै हुने प्रमुख कार्यकारी अधिकृत ढुंगानाको भनाइ थियो ।