२८ आश्विन २०८३, बुधबार

‘नेपाल विद्यार्थी संघ बन्यो मण्डलेको नयाँ अवतार’

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री योगेश भट्टराईले नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मण्डलेको अवतारमा परिणत भएको बताएका छन् ।

पछिल्लो केही घटनाहरूबाट नेविसंघले प्राज्ञिक मर्यादा कायम राख्न नसकेको चर्चा गर्दै उनले नेविसंघभित्र ‘मण्डलेको नयाँ अवतार’ देखिएको टिप्पणी गरेका हुन् ।

विरोध र आन्दोलनका नाममा पूर्वाञ्चल विश्वविद्यालयका सेवा आयोगका प्रमुख प्रा. महेशराज दाहाललाई कालो मोसो दलेको तथा भक्तपुर क्याम्पसकी प्रमुख कविता लुइँटेल भट्टराईको कुर्सी र नेमप्लेट रुखमा बाँधिएको घटनाबाट नेवि संघमा मण्डलेको नयाँ अवतार देखिएको नेता भट्टराईको भनाइ छ ।

‘एकहप्ताभित्र भएका यी दुबै कुकर्म नेपाली कांग्रेसको भातृ संगठन नेविसंघका नामबाट घटेका हुन् । यस्ता घृणित र निकृष्ट हर्कतको हजारौँ शब्दले निन्दा र भर्त्सना गर्दा पनि पुग्दैन,’ सचिव भट्टराईले भने ।

प्राज्ञिक मर्यादा कायम राख्नका लागि पनि यी घटनामा संलग्न अपराधीमाथि सरकारले कारबाही गर्नैपर्ने उनको भनाइ छ । ‘दुबै घटनामा संलग्नहरुलाई नेपाली कांग्रेसले आफ्नो पार्टीबाट निष्कासन गर्ने छ भन्ने अपेक्षा गर्द्छु,’ सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण स्वीकार्य हुने छैन ।’