
हेटौंडा, ३० जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आवश्यक परे सरकार छोड्न सकिने अभिव्यक्ति दिएका छन् ।
कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र–२ र प्रदेशसभा–२ को संयुक्त आयोजनामा हेटौँडामा गरिएको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले चुनावी तालमेलको नाममा कांग्रेस झन् भन्दा झन् कमजोर बनिरहेको भन्दै बरु सरकार छोडेर भए पनि पार्टीलाई बलियो बनाउनेतर्फ अग्रसर हुनुपर्ने बताएका हुन् ।
आगामी चुनावमा कांग्रेसले कुनै पनि पार्टीसँग तालमेल गर्न नपर्नेगरी तयारी थाल्नुपर्ने बताउँदै अब कांग्रेसले कसैसँग चुनावी तालमेल र गठबन्धन नगर्ने पनि स्पष्ट पारेका छन् । महामन्त्री थापाले कांग्रेस विचारप्रधान पार्टी भएकाले बरु सरकार छाड्नुपरे छाड्ने तर, कसैसँग सम्झौता नगर्ने विचार व्यक्त गरेका हुन् ।
आम नागरिकमा राजनीतिप्रति वितृष्णा जागेको, आत्मविश्वास र आशा गुमाइरहेको भन्दै आफ्नो पार्टीले जनताको भावनामा आँच नआउने गरी काम गर्ने दृढता उनले व्यक्त गरेका छन् ।













प्रतिक्रिया