२८ आश्विन २०८३, बुधबार

रास्वपाका सभापति रवि लामिछाने र इजरायली राजदूत गोडरबीच भेटवार्ता

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच भेटवार्ता भएको छ ।

आज मंगलबार बसुन्धरास्थित पार्टीको केन्द्रीय कार्यालयमा उहाँहरूबीच संक्षिप्त भेटवार्तामा विश्वमै उत्कृष्ट मानिने इजरायली प्रविधि, ज्ञान र सीप प्रयोग गरेर नेपालका कृषियोग्य जमिन विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिकामा कसरी प्रयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफल भएको केन्द्रीय सदस्य प्रतिभा रावलले जानकारी दिइन् ।

उनका अनुसार भेटवार्तामा अन्य समसामयिक विषयमा पनि कुराकानी भएको थियो । त्यस अवसरमा सह–महामन्त्री कविन्द्र बुर्लाकोटी तथा अन्य केन्द्रीय सदस्यहरू पनि सहभागी थिए ।

यस्तै, राजदूत गोडरले आजै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा पूर्व शिक्षामन्त्री शिशिर खनालसँग पनि भेटवार्ता गरेका छन् । खनालसँगको भेटका क्रममा वर्तमान समस्या, शिक्षा क्षेत्रका चुनौती र सम्बन्धका विभिन्न पक्षका बारेमा छलफल भएको थियो ।