१ कार्तिक २०८३, आइतबार

राष्ट्रिय कविता महोत्सवका लागि ८ सय ९२ कविता

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० जेठ । नेपाल प्रज्ञा–प्रतिष्ठानले २०२२ सालदेखि प्रत्येक वर्ष असार ९ गते आफ्नो स्थापना दिवसका अवसरमा आयोजना गर्ने राष्ट्रिय कविता महोत्सवका लागि यसपटक आठ सय ९२ कविता प्राप्त भएको छ ।

प्रतियोगितामा इमेलबाट आठ सय ४८ र ४४ वटा कविता दर्ता भएका छन् । यसले राष्ट्रिय कविता महोत्सवको नयाँ स्वरूपप्रति कविहरूको आकर्षण बढेको देखिएको कुलपति भुपाल राईले जानकारी दिए ।

यस पटकदेखि प्राप्त कवितामध्ये उत्कृष्ट १० को छनोट हुनेछ । यसरी छनोटमा परेका उत्कृष्ट १० कविताका कविलाई जनही रु १५ हजार पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ । यस पटकबाट समावेशी सहभागितमूलक सिद्धान्तका आधारमा राष्ट्रिय कविता महोत्सवका लागि कविता आह्वान गरिनुले कविहरूको आकर्षण बढेको जनाइएको छ ।

“प्रज्ञा–प्रतिष्ठानको इतिहासमै पहिलोपटक राष्ट्रिय कविता महोत्सवको परम्परागत ढाँचालाई बदलेर समावेशी र सहभागितामूलक बनाएका छौँ । महोत्सवमा सबै नेपाली भाषा÷मातृभाषाका कविताहरूलाई आह्वान गरिएकाले यसपटक विगतभन्दा बढी कविले भाग लिएका छन्”, कुलपति राईले भने, “यसपटकको राष्ट्रिय कविता महोत्सव साँच्चिकै राष्ट्रिय र साँच्चिकै महोत्सवका रूपमा सम्पन्न हुन गइरहेको छ । हाम्रो राष्ट्रिय कविता महोत्सवको यस समावेशी ढाँचालाई बहुसङ्ख्यक कविले आत्मसात् गरेर अनुमोदन गरेको कुरा यसले पुष्टि गर्दछ ।”

यसैगरी, प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा काव्यविभाग प्रमुख बाबा बस्नेतले राष्ट्रिय कविता महोत्सव समावेशिताको नयाँ रूप र स्वरूपअनुसार हुन गएकाले पनि कविहरूको आकर्षण बढेको बताए ।