२८ आश्विन २०८३, बुधबार

१६ वर्षपछिको सुखद भेट…

5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कुमार पराजुली

त्यो बेला उहाँ करिब ३५/३६ वर्षको हुनुहुँदो हो, हामी २०/२२ वर्षे उमेरका लक्का जवान ।

देशमा प्रजातन्त्र आयो ।

२०४८ को संसदीय निर्वाचनमा खोटाङ जिल्लाको ३ नं क्षेत्रबाट नेकपा एमालेको तर्फबाट उहाँ (अशोक राई) चुनावमा उठ्नु भयो । अत्यन्तै सालिन, भद्र, मृदुभाषी, धर्मशास्त्रका ज्ञाता राईको भाषण सुन्न के युवा, के जवान, के महिला, के वृद्ध सबैको उपस्थित रहन्थ्यो ।

त्यसैका कारण उहाँले २०५१ सालको मध्यावधि निर्वाचन समेत जितेर खोटाङ जिल्लाको विकासमा लाग्नुभयो । २०६४ को संविधान सभाको निर्वाचनमा उदयपुरतर्फ लागेर आज जसपाको नेता बन्नुभएका अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री हुनुहुन्छ ।

खोटाङे बासिन्दाको तर्फबाट बधाई तथा धन्यवाद दिन र भगवती माविका केही आवश्यकताहरू/समस्याहरू लिएर माननीय मन्त्री समक्ष जाने चाजोपाँजो संविधान सभाका सदस्य विशाल भट्टराईले मिलाउनु भयो भने यो भेटमा भगवती मावि पूर्वविद्यार्थी समाजका महासचिव उत्तम पौडेल, सदस्य रवीन्द्र ओझाले साथ दिनुभयो ।

हामीलाई शिक्षामन्त्रीले गर्नुभएको स्वागत तथा आतिथ्य गर्व गर्नलायक थियो । विद्यालयको तर्फबाट विद्यालय व्यवस्थापन समितिको मागपत्र जसमा गाडी, होस्टेल आदि उल्ले गरिएको थियो, त्यो पत्र दिने काम भयो । हाल विद्यालयमा कार्यरत कर्मचारी आन्दोलनमा रहेकाले उहाँहरूको माग मयमा नै पूरा गराउन शिक्षामन्त्री लाग्नुपर्ने व्यहोरा पनि मैले खोटाङे शिक्षकहरूको तर्फबाट राखेँ । यस व्यहोरालाई नेकपा एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतम तथा संविधान सभा सदस्य विशाल भट्टराईले पनि अवगत गराउनु भयो ।

धन्यवाद मन्त्री ज्यू, तपाईंको न्यानो आतिथ्यका लागि । अनि विद्यालय तथा विद्यालय कर्मचारीका मागहरू पूरा गर्नका लागि तथा भगवती दिनानाथ माविका मागहरू पूरा गर्न यहाँबाट सकारात्मक सहयोग हुनेछ । हार्दिक धन्यवाद ! पूर्वमाननीय विशाल भट्टराई, पूर्वमाननीय राजेन्द्र गौतम, उत्तम पौडेल र रवीन्द्र ओझालाई ।

(लेखक पराजुली खोटेहाङ गाउँपालिका–७, खोटाङबजारमा अवस्थित श्री भगवती दिनानाथ उमाविका प्रधानाध्यापक हुन् ।)