२८ आश्विन २०८३, बुधबार

सिटिजन्स बैंक इन्टरनेशनलद्वारा सेनेटरी प्याड र भेन्डिङ मेसिन हस्तान्तरण

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर, बटरफ्लाइ होम र जुवेनाइल करेक्सनमा रहेका बालिकाहरूका लागि सेनेटरी प्याड हस्तान्तरण गरेको छ ।

बालबालिकाको सरसफाइको आवश्यकतालाई दृष्टिगत गर्दै दुई वर्षको सेनेटरी प्याडका साथसाथै तीनवटा सेनेटरी भेन्डिङ मेसिन समेत उपलब्ध गराएको बैंकले जनाएको छ ।

बैंकले बालिकाहरूको सरसफाइ आवश्यकताहरू सुरक्षित गर्न र उनीहरूले सामना गर्ने चुनौतीहरूलाई कम गर्ने उद्देश्यले गैरनाफामूलक संस्थाकी संस्थापक अध्यक्ष पुष्पा बस्नेतलाई एक समरोहकाबीच ती सामग्री हस्तान्तरण गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।