२८ आश्विन २०८३, बुधबार

युनाइटेड अजोड इन्स्योरेन्सको शेयर रजिस्ट्रारमा नबिल इन्भेष्टमेन्ट

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले युनाइटेड अजोड इन्स्योरेन्सको शेयर रजिस्ट्रारको काम गर्ने भएको छ ।

कम्पनीले शेयर रजिस्ट्रारसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

यूनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले गत जेठ १४ गतेदेखि युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुभारम्भ गरेका थिए ।

यससँगै अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख, शेयर दाखिला तथा खारेज, नामसारी लगत अद्यावधिकलगायत सम्पूर्ण कार्य नबिल इन्भेष्टमेन्ट बैकिङले गर्ने भएको छ ।