२८ आश्विन २०८३, बुधबार

भक्तपुरमा देखाइने लोपोन्मुख मुकुन्डो नाच के हो ?

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । लोपोन्मुख अवस्थामा रहेका भक्तपुरका विभिन्न मुकुन्डो नाचलाई एक समारोहबीच प्रस्तुत गरिएको छ ।

भक्तपुरका पुरातन नृत्यहरुको प्रवर्धन गर्ने उद्देश्यका साथ नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान नृत्य विभागले भक्तपुरमा ‘मुकुन्डो नृत्य प्रस्तुति २०८०’ आयोजना गरेको छ ।

सोही कार्यक्रममा त्यहाँका मुकुन्डो नाचबारे अन्तरक्रियासँगै विभिन्न मुकुन्डो नाच प्रस्तुत समेत गरिएको छ ।

परिषद् सदस्य एवम् नृत्य विभाग प्रमुख प्राज्ञ बखत बहादुर हमालको सभापतित्वमा हिजो सम्पन्न सो कार्यक्रम बागमती प्रदेश कृषि तथा पशुपन्क्षीमन्त्री डा राजेन्द्रमान श्रेष्ठद्वारा उद्घाटन गरिएको थियो ।

कार्यक्रमको उद्घाटन समारोहमा स्थानीय मौलिक स्वागत नृत्यको रुपमा कुमारी नृत्य प्रस्तुत गरियो । नृत्य निर्देशक संघका केन्द्रीय सचिव ऋषिकेश श्रेष्ठले स्वागत मन्तव्य राख्दै भक्तपुरका नृत्यको अबस्थाबारे प्रकाश पारे । स्वाग नृत्यस्वरुप कुमारी नृत्यबाट कार्यक्रम सुरु भएको थियो ।

त्यसपछि समारोहमा करिब दुई घन्टा विभिन्न मुकुन्डो नाचहरु स्थानीय कलाकारद्धारा प्रस्तुत गरियो । समारोहमा महाकाली, भुत भैरव, नागचा प्याख, माक प्याख, महालक्ष्मी नृत्य जस्ता मुकुण्डो नृत्यहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा बागमती प्रदेश कृषि तथा पशुपन्क्षी मन्त्रालयका मन्त्री डा राजेन्द्रमान श्रेष्ठले यस्ता नृत्यहरुलाई सँरक्षणसँगै प्रवर्धन गर्नु पर्ने सुझाब दिए । उनले सदियौंदेखि प्रस्तुत हुँदै आएका यस्ता नृत्यलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु पर्ने पनि उनले बताए ।

मध्यपुर थिमी नगरपालिकाका उप–मेयर विजयकृष्ण श्रेष्ठले पनि नगरपालिकाका तर्फबाट यस्ता नृत्यहरु सँरक्षण गर्न पहल गर्ने बताए । यस्तै नृत्यशास्त्री सस्कृतिकर्मी भैरवबहादुर थापा हाम्रो संस्कृति धरहरा नै हाम्रो सम्पत्ति भएकाले यस्ता नाचहरुको जगेर्ना गर्नुपर्छ भने ।

कार्यक्रममा श्रीगोपाल प्रजापति, मध्यपुर थिमी ४ नम्बर वडा अध्यक्ष बाल कृष्ण श्रेष्ठ,नृत्य निर्देशक संघ नेपाल केन्द्रीय समितिका महासचिव नृपध्वज खत्री, उपाध्यक्ष प्रदिपमान श्रेष्ठले मुकुन्डो नृत्यको महत्व र अबस्थाबारे चर्चा गरे ।

सो समारोहका सभापति एवम् नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य एवम् नृत्य विभाग प्रमुख बखत बहादुर हमालले मुकुन्डो नृत्यबारे बोल्दै परम्परागत रुपमा गरिदै आएका नृत्यहरु मनोरञ्जनलागि अनुष्ठानविधी पुर्वक प्रस्तुत गरिनु पर्ने बताए । यस्ता धेरै नृत्यहरुको पुस्तान्तरण सङ्गै अभिलेखिकरण गरि हाम्रा भौतिक तथा अभौतिक सम्पदाहरुको संरक्षण र गर्न प्रतिस्ठान लागि पर्ने उनले बताए । त्यसका लागि संघीय, प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरी प्रतिष्ठान जनता सङ्ग जोडिन् सुरु गरेको पनि उनले बताए ।

सो कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ टीका पुन, प्राज्ञ हिसन बहादुर मगरले पनि शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण प्राज्ञ शान्ति कठायतले गरेकी थिइन् । सो कार्यक्रमको ब्यबस्थापन भक्तपुर जिल्ला नृत्य निर्देशक संघ नेपालले गरेको थियो ।