३ कार्तिक २०८३, मंगलबार

७ किलो चरेससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब सात किलो चरेससहित प्रहरीले एकजना विदेशीलाई पक्राउ गरेको छ ।

सोमबार बिहान साढे ५ बजे टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेका जमर्न नागरिक ६३ वर्षीय पउल वेर्स्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको विमानस्थलले जानकारी दिएको छ ।

उनले बाहिर ठूलो सुट्केसभित्र अरु दुईवटा सुट्केस हालेको र कपडासँगै कालो कार्बनले बेरेर चरेस लुकाएर लैजान लागेको बेला चेकजाँचका क्रममा बरामद भएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।