
काठमाडौं, २८ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले डा. गोविन्द केसीको आन्दोलनका कारण नेपालबाट पुँजी पलायनको प्रवृत्ति चिन्ताजनक रुपमा बढेको बताएका छन् ।
१० महिनाको अवधिमा मात्रै विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूमार्फत ७५.१४ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको उनले बताएका छन् ।
आज साँझ सामाजिक सञ्जालमार्फत लेख्दै उनले भनेका छन्, ‘विदेशमा अध्ययनगर्ने नेपाली विद्यार्थीबाट गएको १० महिनामा मात्र ७५.१४ अरब नेपाली रुपियाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ । डा. गोविन्द केसीको आन्दोलनका कारणले नेपालमा प्राविधिक तथा उच्चशिक्षाको विस्तार प्रभावित भएसँगै पूँजी पलायनताको प्रवृत्ति यस रुपमा चिन्ताजनक बन्न पुगेको छ ।’













प्रतिक्रिया