२८ आश्विन २०८३, बुधबार

दिनभरका TOP 15 NEWS : प्रधानमन्त्रीविरुद्ध जघन्य अपराधको मुद्दा दर्ता, राप्रपाले माग्यो राजीनामा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधसम्बन्धी मुद्दा दर्ता भएको छ ।

सशस्त्र द्वन्द्वकालमा बाल सेनाहरूको योगदानको अवमूल्यन गरेको आरोप लगाउँदै पूर्व बाल लडाकु लेनिन विष्टले मुद्दा दायर गरेका हुन् । सो मुद्दमा सर्वोच्च अदालतले यही जेठ ३० गते अर्थात् आगामी मंगलबार पेशी तोक्नाका साथै प्रधानमन्त्री प्रचण्डलाई अदालतमा हासिजर हुन पत्राचार गरेको छ ।

यसैबीच, युद्ध अपराधजस्तो जघन्य अपराधसम्बन्धी मुद्दा सर्वोच्चमा दर्ता भएसँगै प्रधानमन्त्री दाहालले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको छ । प्रचण्डले पदबाट राजीनामा दिएर अदालती प्रक्रियाका लागि सहज वातावरण बनाउनुपर्ने धारणा राप्रपाको छ ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–