
काठमाडौं, २८ जेठ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज ललितकला प्रदर्शनी–२०८० अवलोकन गरेका छन् ।
काठमाडौंको बबरमहलस्थित आर्ट काउन्सिल (कला परिषद्)मा आयोजित प्रदर्शनीको ओलीले आज अवलोकन गरेका हुन् ।
अवलोकनका क्रममा उनले अग्रज पुस्ताले निरन्तरता दिएकै कारण अहिलेको पुस्ताले कला संस्कृतिको बारेमा जानकारी पाउन सकेको र भावी पुस्तालाई पनि उचित शिक्षा दिन यसलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।
हेर्नुहोस् तस्वीरहरू–


















प्रतिक्रिया