२८ आश्विन २०८३, बुधबार

हुम्लाको एउटा समाचारले यसरी तान्यो अनेरास्ववियुको ध्यान

5.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । हुम्लाको एउटा विद्यालयबारे आज ‘दि राइजिङ नेपाल’मा प्रकाशित दर्दनाक समाचारले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को ध्यान आकृष्ट गरेको जनाएको छ ।

हुम्लाको सर्केगार्ड गाउँपालिका–१ तुम्चा गाउँमा अवस्थित देवल आधारभूत विद्यालयका विद्यार्थीले भुइँमा बसेर अध्ययन गर्नपरेको समाचार प्रकाशित भएपछि एमालेनिकट अनेरास्ववियुले त्यस अवस्थाबारे आफूहरूको ध्यानाकर्षण भएको जनाएको हो ।

अहिले २१औँ शताब्धीमा पनि विद्यार्थीहरूले सहज रुपमा प्रविधिमैत्री शिक्षा अध्ययन गर्न पाउनुपर्नेमा घण्टौँ हिँडेर विद्यालयमा पुग्नुपर्ने बाध्यता र विद्यालयहरूमा बस्ने डेस्क बेञ्च समेत नहुँदा विद्यार्थीहरू भुइँमा बसेर पढ्नुपर्ने अवस्थाले राज्यको शिक्षा क्षेत्रप्रतिको उदासिनता छर्लङ्ग हुने अनेरास्ववियुको भनाइ छ ।

‘राज्यले प्रदान गर्ने शिक्षा र शैक्षिक गुणस्तरमा विद्यार्थीहरूले समानता महसुश गर्न सक्नुपर्दछ । तर, भौगोलिक बनावट र पहुँचका आधारमा शिक्षामा असमानता हुनु ज्यादै दु:खद विषय हो,’ अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

देवल आधारभूत विद्यालयको अवस्थाबा ध्यानाकर्षण भएको जनाउन उनले जारी गरेको विज्ञप्तिमा अगाडि लेखिको छ, ‘कक्षा १२ सम्म नि:शुल्क शिक्षा साथै सम्मानजनक रुपमा पढ्न पाउनुपर्ने विषय संविधान ग्यारेन्टी गेको अवस्थामा अपमानजनक स्थितिमा पढ्नुपर्ने बाध्यताको अन्त्य गरी विद्यार्थीहरूले पाउनुपर्ने नि:शुल्क शिक्षा, पाठ्यपुस्तक र दिवा खाजा कार्यक्रम, विद्यालयहरूमा डेस्क बेञ्चलगायत न्यूनतम पूर्वाधारहरू एवम् शिक्षक दरबन्दीको व्यवस्था गर्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसमक्ष जोडदार माग गर्दछौँ ।’