
काठमाडौं, २८ जेठ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल भारत प्रस्थान गरेका छन् ।
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) को छैठौं बिमिस्टेक ब्यापार सम्मेलनमा सहभागी हुन उनी आज त्यसतर्फ गएका हुन् ।
सम्मेलन भारतको कलकत्तामा जेठ ३०, ३१ र ३२ गते आयोजना हुँदै छ । नेपालमा लगानी भित्र्याउने तथा व्यापार प्रवद्र्धनलगायत विषयमा मन्त्री रिजालले सम्बोधन गर्ने कार्यक्रम छ ।
बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, बंगलादेश, म्यानमार, थाइल्यान्ड र भुटान छन् ।













प्रतिक्रिया