२८ आश्विन २०८३, बुधबार

माग सम्बोधन नगरेको भन्दै शिक्षकहरूले काठमाडौंमा गरे विरोध प्रदर्शन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । आगामी आर्थिक बर्षको बजेटबाट आफुहरुको माग सम्बोधन नभएको भन्दै सामुदायिक विद्यालयका शिक्षकलगायत कर्मचारीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

आज आइतबार काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरदेखि थाल थटाएर उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

बजेटमार्फत शिक्षा क्षेत्रका समस्या समाधान गर्नुपर्ने, विद्यालय कर्मचारीको तलवमान कायम गर्नुपर्ने आफूहरुको मागमा बजेटले कुनै सम्बोधन नगरेकाले प्रदर्शन गर्नुपरेको उनीहरुको भनाइ छ ।

प्रदर्शनमा सहभागीहरुले संघीय शिक्षा ऐन तत्काल जारी गर, मानवअधिकार रक्षा गर, नि:शुल्क शिक्षा लागू गर, सहमति सम्झौता कार्यान्वय गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले विद्यालयमा काम गर्ने कर्मचारीहरु खानका लागि समस्या भएको अवस्थामा सरकारले आफुहरुको कुनै माग सम्बोधन गर्न नसकेको गुनासो गरे । सरकारले खाली थालमा खाना राख्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

आफूहरुको मागका बिषयमा सरकारसँग औपचारिक रुपमा कुनै कुराकानी नभएको र अनौपचारिक कुराकानीमा भने आफुहरुलाई घर जाने वातावरण बनाउन सुझाव दिएको तिवारीले बताए ।