२८ आश्विन २०८३, बुधबार

साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को अनौठो माया सार्वजनिक

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । विगत चार दशकदेखि नेपाली भाषा र नेपाल भाषामा निरन्तर कलम चलाउँदै आएका विश्व कृतिमानी साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को साहित्यिक कृति अनौठो माया (उपन्यास) एक भव्य समारोहबीच राजधानीमा सार्वजनिक गरिएको छ ।

ओएस नेपालको आयोजनामा ओएस नेपाल म्युजिक अवार्ड २०८० को नोमिनेसन प्रमाणपत्र वितरण कार्यक्रमका प्रमुख अथिति संघीय मामिला तथा प्रशासनमन्त्री अमनलाल मोदीबाट उपन्यास सार्वजनिक गरिएको हो ।

अनौठो माया (उपन्यास) का लेखक सुरेन्द्र महर्जनले आफ्नो उपन्यासभित्रका कथा काल्पनिक मात्रै नभएर अहिलेको जवानामा यथार्थमा पनि कहीँकतै आफ्नो बनेर धोका दिने मान्छेहरू धेरै हुने भएको कारण कथालाई अलग्गै तरिकाले उपन्यासमा समेटिएको बताए । नाम र मान्छेलाई पात्रको कुनै माध्यमबाट सम्बोधन गरे पनि कसैलाई होच्याउने नगरिएको उनको भनाइ छ ।

कथालाई पूर्णता दिन पात्रहरू आवश्यक पर्ने हुनाले कसैलाई पात्रको रूपमा समावेश गरेको उनले बताएका छन् । उपन्यासकार अमरले हालै सगरमाथा बेस क्याम ५ हजार ३६४ मिटर अग्लो स्थानमा आफ्नो उनन्तिसौ कृति विमोचन गरेर विश्व कृतिमानी वल्ड बुक अफ रेकर्ड राखेर विश्व कृतिमानी प्रमाणपत्र हाँसिल गरिसकेका छन् । लेखनका साथसाथै उनी चित्रकारिता र गायनमा पनि उतिकै सशक्त छन् ।