
काठमाडौं, २७ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले तत्काल सत्ता गठबन्धन नटुट्ने बताएका छन् ।
काठमाडौंमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश बनाउने अभियानमा सबै दलहरू एकमत भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्दै तत्काल सत्ता गठबन्धन नभत्किने बताएका हुन् ।
नेता खतिवडाले मुलुक भ्रष्टाचारबाट व्याप्त भएको भन्दै यसका लागि सरकार निर्मम रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण सफल नै भएको दाबी उनको छ ।
नेता खतिवडाले नागरिकता विधेयक प्रमाणीकरण भएकामा कसैले पनि विरोध गर्नुको अर्थ नभएको जिकिर पनि गरेका छन् ।













प्रतिक्रिया