
काठमाडौं, २७ जेठ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले देश विकास र समृद्धिको भिजन र दृष्टिकोण आफ्नो पार्टीसँग मात्रै रहेको दाबी गरेका छन् ।
काठमाडौंमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेसँग मात्रै स्थिर सरकार र लिडरशीपको भिजन रहेको बताएका हुन् ।
‘नेपाली जनताले विकास, समृद्धि र परिवर्तन चाहेका छन् । त्यो पनि तीव्र गतिमा चाहेका छन् । त्यसका निमित्त मुलुकमा स्थिर सरकार चाहिएको छ,’ बस्नेतले भने, ‘स्थिर सरकारभित्र भिजन भएको र दृष्टिकोण भएको लिडरशीपले मात्रै त्यो पूरा गर्न सकिन्छ भन्ने कुराको अन्तराष्ट्रिय अनुभव र नेपालको अनुभव हामी (एमाले) सँग छ ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीको ४० महिने सरकारले उनलाई विकासको स्तम्भको रूपमा स्थापित गरेको नेता बस्नेतको भनाइ छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा गएर आफ्नो सत्ताको आयु लम्ब्याउन सफल भएको बस्नेतको अरोप छ ।













प्रतिक्रिया