२८ आश्विन २०८३, बुधबार

एमाले नेतृत्वको जनमुखी सरकार ढालेर देशलाई गलत दिशातर्फ लगियो : प्रदीप ज्ञवाली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा, २७ जेठ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले नेतृत्वमा यसअघि बनेको जनमुखी सरकार असंवैधानिक तरिकाले ढालेर गठबन्धनले देशलाई गलत दिशामा लगेको आरोप लगाएका छन् ।

एमाले धनकुटाको स्कुल विभागले पाख्रीवासमा आज आयोजना गरेको तीन दिने विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदबाट निर्वाचित हुनुपर्ने सरकार अदालतको परमादेशबाट गठन गरिएको र कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेसँगै मुलुक गलत दिशामा गएको उनले बताएका हुन् ।

गठबन्धन सरकारले देश र जनताको पक्षमा काम गर्न नसक्दा नागरिकमा दलप्रति नै निराशा छाएको बताउँदै उपमहासचिव ज्ञवालीले वर्तमान गठबन्धन सरकारकै अक्षमताले देश आर्थिक संकटमा फसेको टिप्पणी उनले गरेका छन् । ‘काठमाडौंका ३० प्रतिशत व्यापारिक सटरहरु बन्द भएका छन्, नागरिकहरू आर्थिक मन्दीले निरास हुँदैगएका छन्, त्यसप्रति सरकारले ध्यान दिन सकेको छैन,’ उनले भने ।

गठबन्धन सरकारले भुटानी शरणार्थी प्रकरणमा गैरकानूनी साँठगाँठ र बजेट निर्माणमा मनपरी गरेको उनले गरे । यस्तै, कोशी प्रदेशको नामकरणका विषयमा सरकारमै रहेका दलहरूकै नेता कार्यकर्ताको संलग्नतामा एमाले नेताहरूमाथि आक्रमण भइरहेको पनि उनले बताएका छन् ।