
नुवाकोट, २७ जेठ । अर्थमन्त्री डा प्रकाशशरण महतले राज्यले कृषि क्षेत्रमा दिँदै आएको अनुदान दुरुपयोग हुन नदिने बताएका छन् ।
नुवाकोटको पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अबदेखि उत्पादनका आधारमा मात्रै अनुदान दिने र दुरुपयोग हुने घटनाबाट सरकार सचेत रहेको बताएका हुन् ।
‘जसले उद्यमशीलता देखाएर नयाँ तरिकाबाट कृषि व्यवसाय अगाडि बढाउँछ अबको दिनमा उसैलाई मात्र राज्यले अनुदान दिन्छ,’ अर्थमन्त्री महतले भने, ‘यो नीतिले कृषि क्षेत्रमा दिइँदै आएको अनुदान दुरुपयोग हुँदैन भन्ने विश्वास लिएको छु ।’ देशको ७५३ वटै स्थानीय तहलाई लगानी र रोजगारीसँग जोड्ने लक्ष्य सरकारको रहेको उनको भनाइ छ ।
बाँझो जमिनको सदुपयोग गरेर कृषि उद्यमशीलता, पर्यटन व्यवसाय, उद्योग सञ्चालन गर्ने सम्बन्धित निकायलाई राज्यले साथ दिने उनले बताए ।













प्रतिक्रिया