
काठमाडौं, २७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रहित विपरीतका काम हुन नदिन संसदमा शसक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा रास्वपा अर्घाखाँची–काठमाडौं सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै लामिछानेले संसदमा आफ्नो पार्टीको २१ जना सांसद भएपनि राष्ट्रहित विपरीतका काम हुन नदिन शसक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्न पर्याप्त भएको बताएका हुन् ।
उनले सरकारका राम्रा कामको समर्थन गर्दै देशहित विपरीतको कार्यलाई खवरदारी गरिररहने जिकिर गरे । लामिछानले रास्वपालाई जनताले दिएको म्याण्डेड कार्यान्वयन गर्न रोक्ने काम भइरहेको बताए ।
२०८४ को निर्वाचनमा रास्वपालाई जित हासिल गर्ने सहज बाटो जनताले देखाएको भएपनि त्यो बाटोसम्म पुग्नका लागि घेराबन्दी गर्ने काम भइरहेको उनको भनाइ छ ।















प्रतिक्रिया