
स्याङ्जा, २६ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साहित्य र त्यसको बिम्ब/प्रतिबिम्ब नबुझ्नेहरूले आफूलाई उखानटुक्का भन्ने मात्रै देख्ने गरेको बताएका छन् ।
साहित्य र बिम्बको अनेक अर्थ र महत्व रहेको चर्चा गर्दै उनले त्यसलाई समेत अवमूल्यन गरी आफूलाई गलत कोणबाट हेर्ने गरेको अध्यक्ष ओलीको भनाइ छ ।
आज शुक्रबार स्याङ्जाको आँधीखोला र कालीगण्डकी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्न स्याङ्जा आएका अध्यक्ष ओलीले कालीगण्डकी गाउँपालिकामा आयोजित समारोहलाई सम्बोधन गर्दै भने, ‘मैले विकास र समृद्धिको कुरा गर्दा उहाँहरू मलाई उखानटुक्का मात्रै भन्छ भन्नुहुन्छ । मैले जे बोले पनि उखान टुक्काले देश बन्दैन भन्नुहुन्छ । किनभने उहाँहरूले उखानटुक्का र त्यसको अर्थ तथा महत्व बुझ्नुहुन्न ।’
उखानटुक्कालाई नेपालको विकास सनिर्माण र समृद्धिसँग समेत जोड्न सकिने उनको भनाइ छ । ‘जहाँ टेक्यो त्यहीँ पहिरो जाने, को छ मेरो कटक्कै मन खाने’ भनेको के हो ? यसको अर्थ अहिले टेकेकै ठाउँमा पहिरो जानु होइन । यसको अर्थ अरु धेरै हुन्छ । यो कुरा बुझ्ने एमालेबाहेक अरु देदिएन । विम्ब नबुझ्नेले अरुलाई नराम्रो देख्नु राम्रो होइन,’ अध्यक्ष ओलीले भने, ‘उखानटुक्का भनेको के हो र उखानटुक्का र विकासमा के फरक छ ? उहाँहरू बुझ्नुहुन्न, उहाँहरू साहित्य पनि बुझ्नुहुन्न ।’













प्रतिक्रिया