२८ आश्विन २०८३, बुधबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो कुनै संलग्नता छैन : मन्त्री जुग्जाली

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात्र व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा माओवादी सांसद जुग्जालीको समूह पनि सक्रिय’ शीर्षकमा दैनिक नेपाल डटकममा प्रकाशित समाचारको खण्डन गर्दै उनले आफ्नो संलग्नता नरहेको स्पष्ट पारेका हुन् ।

प्रकाशित समाचार राजनीतिक पूर्वाग्रह र प्रतिशोधको कोणबाट आएको मन्त्री जुग्जालीको भनाइ छ । तथ्यहीन, कपोकल्पित, गलत र झुठा विवरण राखी समाचार सम्प्रेषण गरेको दाबी गर्दै उनले समाचारका कारण आफ्नो चरित्र हत्या भएको बताएका छन् ।

समाचार प्रकाशित भएपछि प्रेस काउन्सिललाई उनले दिएको निवेदनमान भनिएको छ, ‘राजनीतिक पूर्वाग्रह राखी प्रतिशोध साँध्न, तथ्यहीन, कपोकल्पित, गलत र झुठ्ठा विवरण राखी समाचार सम्प्रेषण गरेबाट मेरो चरित्र हत्या भएकाले कानुनबमोजिम नियमानुसार आवश्यक कारवाही गरिपाऊँ ।’ जुग्जालीको निवेदनअनुसार प्रेस काउन्सिलले दैनिक नेपाललाई खण्डन छाप्न वा नपर्ने भए कारण पेश गर्न अनुरोध गरेको छ ।

माओवादी नेता जुग्जाली गत मंसिर ४ को निर्वाचनमा म्याग्दी प्रदेश सभा (ख) बाट निर्वाचित सांसद हुन् । यसअघि मालिका गाउँपालिका ७ का वडा अध्यक्ष रहिसकेका सांसद जुग्जाली अहिले गण्डकी प्रदेशमा मन्त्री छन् ।