शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

प्रचण्डप्रति ओलीको कटाक्ष- प्रचण्ड भनेको यसो गर्दा ‘प्रो चाइनिज’ यसो गर्दा ‘प्रो इन्डियन’

दैनिक नेपाल २०८० जेठ २५ गते १७:४१

काठमाडौं, २५ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दोहोरो चरित्र देखाएको बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कोशी प्रदेशमा पहिचानवादीका नाममा एमालेमाथि आक्रमण भइरहेकोमा आपत्ति जनाउँदै प्रचण्ड एकछिनमा पहिचानवादी एकछिनमा राष्ट्रिय एकतावादी बनेर दोहोरो चरित्र देखाएको टिप्पणी गरेका हुन् ।

‘प्रचण्ड भनेको यसो गर्दा ‘ प्रो चाइनिज’ यसो गर्दा ‘प्रो इन्डियन’ यसो गर्दा हिंसावादी, यसो गर्दा शान्तिवादी, यसो गर्दा एकसय आठ किलो रूद्राक्ष, यसो गर्दा टूपी कटुवा, यसो गर्दा जनै चुढुवा के के हो के के हो । एकछिनमा पहिचानवादी एकछिनमा राष्ट्रिय एकतावादी,’ अध्यक्ष ओलीले भने ।

सत्ता संरक्षणमै कोशीमा आफू लगायत एमालेका नेतामाथि आक्रमण भइरहेको भन्दै ओलीले आफूमाथि ढुंगामुढा हुँदासमेत सरकारले संरक्षण गरेको बताएका हुन् । प्रहरीको टाउको फुट्दा, अनुहार कुचिँदा पनि प्रहरीलाई केही आक्रमणकारीलाई केही नगर्न प्रहरीलाई सरकारले नै निर्देशन दिएको ओलीले बताए । पहिचानका नाममा एमालेका नेतामाथि आक्रमण गरेर हत्या प्रयाससमेत भइरहेको भन्दै अध्यक्ष ओलीले यसबाट एमाले नडराउने धारणा राखे ।

‘अहिले प्रदेश नम्बर १ मा पहिचानवादीका नाममा सत्ता संरक्षित अपराधका घटना भइरहेका छन् । आफैँले आफ्नै मान्छे मारे सुरूमै । हामीमाथि हमला भयो । कहिले बन्द भन्या छन् कहिले तोडफोड गरेका छन् अध्यक्ष,’ ओलीले भने ‘आज मात्रै केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य राम रानालाई मबिल छर्किएर आगो लगाउन खोजे । भनेपछि कहाँसम्मको हत्या प्रयास भइरहेको छ पहिचानका नाममा ? त्यस कुरामा हाम्रो पार्टी किन्चित डराउँदैन, झुक्दैन । नो कम्परमाइज । नेपाललाई जाती जातीका नाममा दंगाफसाद गराउने । जातीका नाममा किराँत प्रदेश राख्न खोजेको किन रहेछ भन्ने देखिदैंछ नि । नराख्दा यस्तो छ, राख्दा के हुन्थ्यो ? गैर किराँत भनेको त त्यहाँ बस्न पनि नपाउने अवस्था बन्ने रहेछ नि त ।

प्रतिक्रिया
सम्बन्धित