शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

प्रधानमन्त्री दाहालद्वारा समवेदना व्यक्त

दैनिक नेपाल २०८० जेठ २५ गते १६:२६

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालका बुवा जगन्नाथ भुसालको निधनमा समवेदना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले आज रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित भुसालको निवासमा पुगेर स्वर्गीय भुसालप्रति श्रद्धासुमन अर्पण गरेका हुन् ।

भुसालको यही जेठ २१ गते ९६ वर्षको उमेरमा निवासमै निधन भएको थियो । उनी सामाजिक तथा राजनीतिक व्यक्तित्वका रुपमा लामो समयसम्म क्रियाशील थिए ।

प्रतिक्रिया
सम्बन्धित