बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

प्रधानमन्त्रीको भारत भ्रमणकाबारेमा दिएको अभिव्यक्तिमा रवि लामिछानेले गरे आत्मआलोचन

दैनिक नेपाल २०८० जेठ २५ गते १३:२८

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका सम्बन्धमा दिएको अभिव्यक्तिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आत्मआलोचना गरेका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै लामिछानेले आत्मआलोचना गरेका हुन् ।

‘संसद्मा भैँसी र राँगाको विषयमा बहस गरेर पाँच वर्ष गुजार्ने काम होइन, यस विषयमा सत्ता पक्ष र प्रतिपक्ष वादविवादमा लागेर लज्जित भएका छौँ । यो गलत कार्य हो । नहुनुपर्ने कार्य हो हाम्रो पार्टीबाट भएको गल्तीमा म आत्मआलोचना गर्न चाहन्छु’ लामिछानेले भने ।

यस्तै, लामिछानेले नागरिकता विधेयककाबारेमा रास्वपालाई कुनै समूदायकोविरूद्वमा छ भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै आपत्ति पनि जनाएका छन् । ‘नागरिकता विधेयकमा रास्वपा कुनै समुदायको विरुद्धमा छ भन्ने भाष्य जबर्जस्ती निर्माण गरेर नागरिकलाई गुमराहमा राख्न खोजिएको छ’ उनले भने ।

नागरिकता नपाउनुको पीडा आफूलाई थाहा भएको भन्दै रविले भने -‘नागरिकले नागरिकता नपाउनुको पीडा मलाई थाहा छ । साँच्चै नै छ’ रविले भने, ‘जन्मसिद्ध नागरिकका सन्तान र एकल आमाको सन्तानको नागरिकता मेरो र तपाईको जति नै सुनिश्चित छ र हुनुपर्छ ।’

 

प्रतिक्रिया
सम्बन्धित