३ कार्तिक २०८३, मंगलबार

वामदेवले एमालेमै फर्किने इच्छा देखाएपछि ओलीले भने- उहाँको सदस्यता एमालेमै छ

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वामदेव गौतमको सदस्यता नेकपा एमालेमा कायमै रहेको बताएका छन् ।

बुधबार राष्ट्रियसभा बैठकबाट बाहिरिने क्रममा गौतमले ७० वर्षे उमेर हद हटाएर ओलीले बोलाए आफू एमालेमै फर्किन तयार भएको बताए लगत्तै ओलीले उनको सदस्यता एमालेमै रहेको बताएका हुन् ।

गौतम एमालेमै फर्किन इच्छुक रहेको भन्ने पत्रकारहरूको जिज्ञासामा ओलीले भने ‘वामदेव गौतमको सदस्यता एमालेमै छ,’ ।

गौतमले २०७८ भदौ १८ गते पार्टी परित्याग गरेका थिए।