बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

एमालेमै फर्किन वामदेव गौतम तयार, ओलीको फोन कुर्दै

दैनिक नेपाल २०८० जेठ २४ गते १७:२१

काठमाडौं, २४ जेठ । नेपाल कम्युनिष्ट पार्टी एकता अभियानका संयोजक वामदेव गौतमले नेकपा एमालेमै फर्किने संकेत गरेका छन् ।

एमालेमा ७० वर्षे हदम्याद हटेसँगै गौतम एमालेमा फर्किने तयारीमा लागेका हुन् । बुधबार राष्ट्रिय सभा बैठकपछि बोल्दै गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाए पार्टीमै फर्किने बताएका हुन् ।

गत जेठ १९ गते एमाले सचिवालय बैठकले मुकुन्द न्यौपानेलाई एमालेमा फर्काउन उमेर हद हटाएको भन्दै गौतमले आफू पनि ओलीले बोलाए एमालेमै फर्किने बताएका हुन् । ओलीले फोनबाटै बोलाएपनि आफू फर्किने संकेत उनले गरेका हुन् ।

‘निलम्बन भनेको के हो ? केही समयका निम्ति काम गर्न नदिने होइन ? यो निलम्बन आगामी ६ महिनासम्म, पार्टीको एघारौँ महाधिवेशनसम्मको निम्ति मात्र हुन पनि सक्छ। निलम्बनसम्बन्धी निर्णय गरेपछि वरिष्ठ नेताहरू आउनुभयो, तपाईंलाई लैजानेबारे अध्यक्षले निर्णय गर्नुहुन्छ भन्नुभयो। अध्यक्षले फोनबाट बोलाए पनि त भयो नि ?,’ उनले भने।

उनले एमाले सांसदहरूलाई आफू एमालेमै फर्किन तयार रहेको खबर ओलीलाई दिन आग्रह पनि गरेका छन् ।

‘जानुस् केपी ओलीलाई गएर भन्नुस्, उहाँ आउन तयार हुनुहुन्छ’ उनले एमाले सांसदहरूलाई भने ।

प्रतिक्रिया
सम्बन्धित