बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

नक्साबारे बंगलादेशले भारतसँग स्पष्टीकरण माग्ने, नेपाल केही बोल्दैन !

दैनिक नेपाल २०८० जेठ २४ गते १२:१२

काठमाडौं, २४ जेठ । भारतको नयाँ संसद भवनमा राखिएको अखण्ड भारतको नक्साप्रति आपत्ति जनाउँदै बंगलादेशले भारतलाई स्पष्टीकरण सोध्ने भएको छ ।

बंगलादेशले नक्साबारे भारतीय विदेश मन्त्रालयसँग स्पष्टीकरण माग गर्न दिल्लीस्थित आफ्नो मिसनलाई निर्देशन दिएको छ।

नक्साकाबारेमा नेपाल र पाकिस्तानमासमेत व्यापक विरोध भइरहेको छ । नक्सामा नेपाल, बंगलादेश र पाकिस्तानका केही भूभागसमेत सामेल गरिएको छ ।

नक्साले ‘बंगलादेशको स्वतन्त्रता र सार्वभौमिकताको लागि खतरा’ उत्पन्न गराएको बंगलादेशले बताएको छ ।

नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड केही दिनअघि आफैँ भारत भ्रमणबाट फर्किएका छन् । भ्रमणका क्रममा प्रचण्डले नक्साबारे नबोलेको भन्दै विरोध भइरहेको छ ।

प्रचण्डले भने आफूले नक्साबारे कुरा उठाएको र भारतले सांस्कृतिक नक्सा भएको जवाफ दिएको बताएका छन् ।

नेपालले हालसम्म पनि औपचारिक रूपमा नक्साबारे भारतलाई प्रश्न गरेको छैन । राष्ट्रिय विषयमा राष्ट्रिय सहमति गरेर अगाडि बढ्नुपर्नेमा दलहरू घोचपेचमै व्यस्त देखिन्छन् ।

प्रतिक्रिया
सम्बन्धित