शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

करिम बेन्जिमा साउदी क्लबमा अनुबन्धित

दैनिक नेपाल २०८० जेठ २४ गते ८:२६

काठमाडौं, २४ जेठ । स्पेनिस क्लब रियल मड्रिड छोडेका फरवार्ड करिम बेन्जिमा साउदी अरबको प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भएका छन् ।

३५ वर्षीय बेन्जिमाले इतिहादसँग सन् २०२६ सम्म तीन वर्षको सम्झौता गरेका छन् ।

बेन्जिमाले १४ वर्षपछि रियल छाडेका थिए । बालोन डीओर विजेता बेन्जिमा सन् २००९ मा लियोनबाट रियल आएका थिए । बेन्जिमाले रियलबाट पाँच च्याम्पियन्स लिग र चार ला लिगा उपाधि जितेका छन् ।

यसैगरी, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) छोडेका फरवार्ड लियोनल मेसी पनि साउदी क्लबमा आवद्ध हुने चर्चा छ ।

प्रतिक्रिया
सम्बन्धित