बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: शरणार्थी प्रकरणमा नाम पोलिएकालाई पनि पक्राउ गर्न माग, एमालेले बजेट स्वीकार नगर्ने

दैनिक नेपाल २०८० जेठ २३ गते २२:५२

काठमाडौं, २३ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिल र जाहेरवाला पक्षको बहस सकिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी बहसमा तीन जना सरकारी वकिल र ६ जना जाहेरवाल पक्षका वकिलले बहस गरेका हुन् ।

आजको बहसमा पक्राउ परेकाहरूले नाम पोलेकाहरूमाथिसमेत अनुसन्धान हुनुपर्ने माग उठेको छ । जाहेरवालाको तर्फबाट सहभागी अधिवक्ता हरि कट्टेल अधिवक्ता हरिप्रसाद खरेलले बयानमा पोलिएकाहरूलाई प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने माग गरेका हुन् ।

नाम पोलिएकाहरूलाई पक्राउ गर्न अदालतले आदेश दिनुपर्ने उनीहरूको माग छ ।

हेरौँ मंगलबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू-

प्रतिक्रिया
सम्बन्धित