शनिबार, २९ वैशाख २०८१
DainikNepal.com
शनिबार, २९ वैशाख २०८१

फिजीका प्रधानमन्त्री २५ वर्षपछि न्युजिल्याण्ड भ्रमणमा

दैनिक नेपाल २०८० जेठ २३ गते १२:३९

काठमाडौं, २३ जेठ । फिजीका प्रधानमन्त्री सिटिभेनी रबुका २५ वर्षपछि आफ्नो पहिलो औपचारिक भ्रमणका लागि सोमबार न्युजिल्यान्ड पुगेका छन् ।

प्रधानमन्त्री रबुकाले २५ वर्षअघि सन् १९९८ मा न्युजिल्यान्डको भ्रमण गरेका थिए । न्युजिल्यान्ड र फिजीबीच जलवायु परिवर्तन जस्ता पारस्परिक हितका क्षेत्रमा घनिष्ट सहयोग आदानप्रदान र आर्थिक रूपमा समृद्ध प्रशान्त क्षेत्रको सुनिश्चितताका निम्ति दीर्घकालीनरूपमा कार्यगत सम्बन्ध रहेको न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस हिप्किन्सको भनाई छ ।

न्युजिल्याण्डमा रहँदा रबुकाले अकल्याण्ड र वेलिङ्ग्टनमा द्विपक्षीय बैठकहरू, राष्ट्रिय युद्ध स्मारक र प्यासिफिक वार मेमोरियलको औपचारिक भ्रमण गर्ने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित