
काठमाडौं, २२ जेठ । सामसङले हालै काठमाडौंको मध्य वानेश्वरमा अर्को एक नयाँ आधिकारिक सर्भिस सेन्टरको उद्घाटन गरेको छ ।
बिक्री पछिको गुणस्तर सेवा लगायत ग्राहकहरूका लागि निरन्तर रूपमा ग्राहक–मुखी सेवा प्रदान गर्ने उद्देश्य अनुरुप नयाँ सर्भिस सेन्टरको सुरुवात गरिएको हो ।
बानेश्वरमा नयाँ सर्भिस सेन्टरको शुभारम्भ भएसँगै सामसङले काठमाडौँ उपत्यका भित्र ६ ओटा सर्भिस सेन्टरबाट सेवा दिने भएको छ । यस्तै उपत्यका बाहिरबाट भने १५ ओटा सर्भिस सेन्टरमार्फत सेवा दिदै आइरहेको छ । यो सँगै सामसङले हालसम्म देशभरका २१ स्थानबाट सेवा प्रदान गर्ने भएको हो ।
वानेश्वर स्थित नयाँ सर्भिस सेन्टरमा वारेन्टी भएको र नभएको दुवै किसिमका सामसङ मोबाइल फोनहरूको मर्मत सेवा समेत प्रदान गर्ने सामसङले जानकारी दिइएको छ ।
नयाँ सर्भिस सेन्टरबाट वानेश्वर लगायत कोटेश्वर, चाबाहिल, वौद्ध र नजिकको क्षेत्रका ग्राहकहरूले लाभ पाउने सामसङको विश्वास छ ।
उद्घाटन समारोहमा सामसङ नेपालका प्रबन्ध निर्देशक सुङ जुन पार्क, निर्देशक प्रणय रत्न स्थापित, सर्भिस हेड राजन भट्टराई, आइएमएसका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डिकेश मलहोत्रा र आइएमएसका सेल्स हेड कैलाश अइयरको समेत उपस्थिती रहेको थियो ।















प्रतिक्रिया