शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

सन्दीप लामिछाने आज अफ्रिका जाँदै

दैनिक नेपाल २०८० जेठ २२ गते ७:५०

काठमाडौं, २२ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज अफ्रिका जाने भएका छन् ।

उनी प्रशिक्षक मोन्टी देसाईसँगै दक्षिण अफ्रिका जान लागेका हुन् । प्रशिक्षक देसाई र सन्दीप  बाहेकको टिम यसअघि नै अफ्रिका पुगिसकेको छ ।

सन्दीपको मुद्दा अदालतमा विचाराधीन रहेका कारण उनी जान पाएका थिएनन् । तर, सन्दीपलाई पायक पर्ने गरी जिल्ला अदालत काठमाडौंले असार २९ गतेलाई पेशी तोकेपछि उनी पनि अफ्रिका जाने भएका हुन् ।

जिम्बावेमा हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको तयारी गर्न नेपाली टिम अफ्रिका पुगेको हो ।

नेपाली टिमले अफ्रिकामा दश दिन अभ्यास गर्ने छ । त्यहाँ नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्ड तथा स्थानीय टिम गरी चार अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित