शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

गौर हत्याकाण्डको छानबिनको माग गर्दै सर्वोच्चमा रिट दायर

दैनिक नेपाल २०८० जेठ २२ गते ६:२२

काठमाडौं, २२ जेठ । १६ वर्षअघिको बहुचर्चित गौर हत्याकाण्डको छानबिन हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

घटनामा मारिएका आफन्तहरूले जिल्ला प्रहरी कार्यालय, रौतहटमा जाहेरी दिँदासमेत कुनै छानबिन अघि नबढेको भन्दै अनुसन्धान अघि बढाउन आदेशको माग गरेर सर्वोच्चमा रिट हालेका हुन् । उनीहरूले रौटहट प्रहरी, सरकारी वकिल कार्यालय, प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालयलगायतलाई विपक्षी बनाएका छन् ।

२०६३ साल चैत ७ मा रौतहटको गौरस्थित राइस मिलको चौरमा भएको झडपमा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए भने सयभन्दा बढी घाइते भएका थिए । त्यो दिन तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादीले एकै समयमा एकै ठाउँमा कार्यक्रम आयोजना गरेको निहुँमा झडप भएको थियो ।

गौर हत्याकाण्डपछि छानबिनका लागि सरकारले जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले जाहेरी परेको एवं घटनामा संलग्न भनी उनीहरूको नाम किटेको थियो । मानव अधिकार आयोगले त्यही आधारमा उनीहरूमाथि छानबिन गर्नु भनेको थियो । आयोगले दिएको निर्देशनसमेत कार्यान्वयन नगरेको भन्दै त्रिभुवन साहलगायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया
सम्बन्धित