मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

दिनभरका TOP 15 NEWS : सीमा विवादबारे मोदी कडा, प्रचण्ड ललिचो, नागरिकता विधेयकविरुद्ध रिट दर्ता

दैनिक नेपाल २०८० जेठ १८ गते २१:४०

काठमाडौं, १८ जेठ । चारदिने भातर भ्रमणका सिलसिलामा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग विभिन्न विषयमा छलफल र वार्ता तथा सम्झौताहरू गरेका छन् ।

सुनौली भैरहवा इन्टिग्रेटेड चेकपोस्टको संयुक्त शिलान्यास, नेपालगञ्ज रूपैडिया इन्टिग्रेटेड चेकपोस्टको उद्घाटन र बथनाहा विराटनगर कार्गो रेल सेवाको उद्घाटन गर्नाका साथै प्रधानमन्त्रीद्वय प्रचण्ड र मोदीबीच आज अमलेखगञ्जदेखि चितवनको लोथल सम्म पेट्रोलियम पाइपलाइनको शिलान्यास, गोरखपुर–न्यू बुटवल ४०० केभी डबल सर्किट ट्रान्समिसन लाईन निर्माणको शिलान्यास, सिलीगुड़ी–झापा पेट्रोलियम पाइपलाइन निर्माण कार्यको समझदारी भएको छ । यस्तै, तल्लो अरूण हाईड्रोपावर प्रोजेक्ट भारतले बनाउने र फुकोट कर्णाली हाइड्रोपावर प्रोजेक्ट तथा क्रस बोर्डर पेमेन्ट समझदारी भएको छ ।

यसैगरी, सीमा विवाद विषयमा प्रधानमन्त्री मोदी कडा रुपमा प्रस्तुत भएका छन् भने प्रचण्ड नरम बनेका छन् । नेपालले दाबी गरेको भूमीको प्रमाण केही नभएको बताउँदै नेपालले दाबी गर्दै जाने र भारतले दिदै जाने कुरा नआउने मोदीले स्पष्ट पारेको बताइएको छ । स्रोतका अनुसार दुई पक्ष बसेर छलफल गर्न सकिने तर भारतले सहजै भूमि फिर्ता दिने कुरा नआउने मोदीको भनाइ थियो ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य सूमाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित