४ कार्तिक २०८३, बुधबार

यी हुन् नेपाल र भारतबीच भएका सम्झौताहरू

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । नेपाल र भारतबीच विभिन्न सम्झौता भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारत भ्रमणमा रहेकाबेला विभिन्न सम्झौता भएका हुन् । जसमा अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाईनको शिलान्यास गरिएको छ ।

यस्तै, दुई देशबीच सिलीगुड़ी–झापा पेट्रोलियम पाईपलाईन निर्माण कार्यको समझदारी भएको छ । दोधारा चाँदनी इन्टीग्रेटेड चेक पोस्ट निर्माणको समझदारी पनि दुई देशबीच भएको छ ।

फुकोट कर्णाली हाईड्रोपावर प्रोजेक्टमा सम्झौता भएको छ । जसमा फुकोट कर्णालीको जिम्मा भारतीय कम्पनीलाई दिन सम्झौता भएको हो । यस्तै, क्रस बोर्डर पेमेन्टबारे समझदारी पनि भएको छ ।

गोखरपुर बुटवल ४०० केबी प्रसारण लाइन बनाउन समेत नेपाल र भारतबीच सम्झौता भएको छ । यसको निर्माणको लागि विद्युत् प्राधिकरण र भारतको तर्फबाट पावर ग्रिडको लगानी हुने छ । जसको लागत चार अर्ब ६२ करोड भारतीय रुपैयाँ हुनेछ ।

भारतले नेपालमा रासायनिक मल कारखाना खोल्न सघाउने भएको छ। नेपालमा रासायनिक मल खोल्नेबारे सहमति भएको दुवै देशमा प्रधानमन्त्रीले हैदरावाद हाउसमा भएको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।

यस्ता छन्, सम्झौताका बुँदाहरू–

• सुनौली भैरहवा इन्टिग्रेटेड चेकपोस्टको शिलान्यास

• नेपालगञ्ज रूपैडिया इन्टिग्रेटेड चेकपोस्टको उद्घाटन

• बथनाहा विराटनगर कार्गो रेलको उद्घाटन

• अमलेखगञ्जदेखि चितवनको लोथल सम्म पेट्रोलियम पाईपलाईनको शिलान्यास

• गोरखपुर–न्यू बुटवल ४०० केभी डबल सर्किट ट्रान्समिसन लाईन निर्माणको शिलान्यास

• सिलीगुड़ी – झापा पेट्रोलियम पाइपलाईन निर्माण कार्यको समझदारी

• तल्लो अरूण हाईड्रोपावर प्रोजेक्ट

• फुकोट कर्णाली हाइड्रोपावर प्रोजेक्ट

• क्रस बोर्डर पेमेन्ट समझदारी