
काठमाडौं, १८ जेठ । चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार बिहान महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेका छन् ।
सो क्रममा गान्धीको सम्मान र स्मरणमा एक मिनेट मौनधारण गरिएको थियो ।
प्रधानमन्त्री प्रचण्डले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
















प्रतिक्रिया