
काठमाडौं, १७ जेठ । नेपाललाई भारतले सदैव हरेक कोणबाट दबाउन खोजेको हेप्न खोजेको उसका विभिन्न गतिविधीबाट प्रष्ट देखिन्छन् ।
सीमा मिच्नेदेखि जबरजस्ती भारतीय सैनिक नेपाली भूमीमा प्रवेश गर्नेसम्मका हर्कत भारतकातर्फबाट हुने गरेका छन् । यति मात्रै होइन नेपालका प्रधानमन्त्रीहरू भारत भ्रमणमा जाँदा समेत हेपिएको कयौँ उदाहारण छन् ।
यो पटकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा पनि त्यही दोहोरियो । भारतका प्रधानमन्त्री नेपाल आउँदा प्रधानमन्त्री नै विमानस्थलमा स्वागतका लागि पुग्ने गरेका छन् । तर चार दिने भ्रमणका लागि बुधबार भारत पुगेका प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न नयाँ दिल्लीस्थित विमानस्थलमा विदेश राज्यमन्त्री मिनाक्षी लेखी आइन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समकक्षीलाई आफैँले स्वागत गर्नुपर्छ भन्ने सोचेनन् । स्वागतका लागि मन्त्री भन्दा पनि तल्लो स्तरकी राज्यमन्त्रीलाई पठाए । जुन् अत्यन्तै अपमानजनक हो । तर, पनि प्रचण्डले खुसी खुसी स्वागत स्वीकारे ।
यसअघिका पनि यस्ता प्रसस्तै उदाहारण छन् । यसअघि २०७८ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाँदा विमानस्थलमा भारतीय रक्षा राज्यमन्त्री एस जयशंकरले स्वागत गरेका थिए ।
यस्तै, २०७६ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाँदा भारतीय विदेश सचिव विजय गोखलेले स्वागत गरेका थिए । यस्तै, त्यसअघि २०७४ सालमा केपी ओली नै भारत जाँदा गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए ।
यस्तै २०७४ सालमै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा भारत जाँदा विदेशमन्त्री सुष्मा स्वराजले विमानस्थलमा स्वागत गरेकी थिइन् । यसरी हेर्दा भारतले नेपालका प्रधानमन्त्रीहरू भ्रमणमा जाँदा महत्व नदिएको स्पष्ट देखिन्छ ।
यसबाट भारतले नेपालप्रति राख्ने हेपाहा प्रवृत्ति स्पष्ट रूपमा देखिएको छ ।















प्रतिक्रिया